२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहन्छ र तेस्रो मोर्चा बन्छ : अध्यक्ष नेपाल


793
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने र त्यहीँभित्र तेस्रो मोर्चा बन्ने बताउनुभएको छ ।

बिहीबार ‘एमाले–माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तक लोकार्पण कार्यक्रममा नेपालले गठबन्धनभित्रका चार दल एकतावद्ध भएर जान जरुरी रहेको बताउनुभयो । कांग्रेसको अहं कम गर्न तेस्रो मोर्चा आवश्यक रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले आउँदो चुनावमा बामपन्थीमध्ये पनि मन मिल्नेसँग मात्र मिलेर जाने बताउनुभयो । अध्यक्ष नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभयो ।

राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गर्नुभयो ।