
एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ ।
यसअघि पनि कैयौँ पटक सुडानमा खाद्य संकट परेको भन्दै राष्ट्रसंघले फेरि पनि संकट आउन सक्ने बताएको हो ।
खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै खाद्यान्नको अभाव हुने राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी निकायका अनुसार सुडानमा छिमेकी राष्ट्रहरु दक्षिण सुडान, इथियोपिया लगायत देशबाट शरणार्थी आइरहेको तर खाद्यान्नको प्राप्तिका स्रोत नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।
त्यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताबाट प्राप्त सहयोगले मात्र दैनिक रूपमा चल्ने गरेकोले अवस्था नाजुक बन्दै भएको बताइएको छ । गत जुनदेखि सेप्टेम्बरसम्म त्यहाँको करिब एक चौथाई जनसंख्या खाद्यान्नको संकटमा पर्ने देखिएको र अब त्योभन्दा पनि बढी हुनसक्ने राष्ट्रसंघले जनाएको छ ।
हाल सुडानमा आन्तरिक रूपमा विस्थापित भएका बाहेक पाँच लाख ५० हजार शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्