२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


बेनी-जोमसोम सडकखण्ड सुचारु


325
Shares

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड तीन दिन पछि सुचारु भएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिन पछि बिहीबार साँझदेखि सुचारु भएको हो ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभीरमा गएको पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।

सडक सुचारुभएसँगै सवारी साधनहरु ओहोरदोहोर गर्न लागेको बेनी – जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

अविरल वर्षासंगै आएको पहिरोले काभ्रेभीरमा ती नमिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभीरमा करिव ५० मिटर सडक भासिएको थियो ।