२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बोर्डले शेयर लगानीकर्ताको हितमा निर्णय गर्छ : अध्यक्ष हमाल


104
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हितमा गर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार काठमाडौंमा गरेको धितोपत्र बजार सम्बन्धी अन्तरक्रियामा अध्यक्ष हमालले बोर्डले कुनैपनि निर्णय गर्दा बोर्डले लगानीकर्ताको हित सोचेर मात्रै गर्ने विश्वास दिलाउनुभएको हो ।

अध्यक्ष हमालले चालु आर्थिक वर्षभित्र नै साना, मझौला तथा लघु उद्योग (एसएमईज)लाई समेत पुँजी बजारमा ल्याउने बोर्डको नीति रहेको बताउनुभयो । अध्यक्ष हमालले स्थापित कम्पनीको स्वामित्व जनतामा गयो भने जनताको आर्थिक स्थिति पनि सुधार हुने बताउनुभयो ।

उहाँले दुई महिनाभित्र नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्ने बताउनुभयो ।

अध्यक्ष हमालले बुक बिल्डिङ प्रणालीमा विगतमा घटेको दुर्घनालाई दोहोरिन नदिने गरी काम गर्ने जिम्मेवारी बोर्डको रहेको पनि बताउनुभयो । अध्यक्ष हमालले सेयर ब्रोकरहरुको धेरै संख्या आवश्यक नभएको भन्दै पुँजी वृद्धिसँगै गुणात्मक सुधारमा लाग्नुपर्ने बताउनुभयो ।