१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुदूरपश्चिम, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुने


117
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।

आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै गण्डकी र कर्णाली प्रदेश, प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शुक्रबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।