
फाइल तस्विर
म्याग्दी । बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सुचारु भएको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभीरमा गएको सुख्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।
अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिए पछि अवरुद्ध बनेको सडक मर्मत गरेर संचालनमा ल्याईको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
सडक सुचारु भएसँगै सवारी साधनहरु सञ्चालनमा आएका छन् ।
पहिरोले काभ्रेभीरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभीरमा करिब ५० मिटर सडक भाँसिएको थियो ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा वर्षाको समयमा बाढीपहिरोको उच्च जोखिम रहने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्