२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


इलाममा राहदानी लिनेकाे संख्या दोब्बरले वृद्धि


299
Shares

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिने मानिसकाे संख्या दोब्बरले बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७ सय ९८ जना मानिसले राहदानी लिएका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ मा इलाममामा राहदानी लिनेको संख्या २ हजार ४५ जना मानिसले राहदानी लिएका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतका अनुसार विगतका वर्षहरुमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले राहदानी लिनेको संख्या दोब्बरले बढेको हो ।

इलाममा गएको फागुन महिनाबाट ई-पास्पोर्ट बनाउन सुरु भएको उहाँले बताउनुभएकाे छ । हालसम्म ई-पास्पोर्ट २ हजार ३ सय ४८ जनाले लिएकाे समेत उहाँले बताउनुभयो । उहाँका अनुसार पास्पोर्ट बनाउनेमा युवा पुस्ता बढी रहेको र रोजगारी भन्दा पनि अध्ययनका लागि जापान र खस्ट्रेलिया लगायतका मुलुकमा जाने भन्दै आउनेको संख्या बढी पाईएको छ ।

त्यस्तै २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजको आधारमा नागरिकता लिनेको संख्या १० हजार ७ सय ७१ जना रहेका छन् । जिल्लाको इलाका प्रशासन कार्यालय र सीमा प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण हुँदै आएको छ । इलाका प्रशासन मंगलबारेबाट २ हजार ७ सय ६२ जनाले नागरिकता लिएका छन् ।

उता सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट १ हजार ९८ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन इलाम , इलाका प्रशासन कार्यलय मंगलबारे र सीमा प्रशासन कार्यालय पशुपतिनगर गरी तीनै वटा कार्यालयबाट प्रतिलिपि नागरिकता लिनेको संख्या ७ हजार ५ सय २३ जना रहेका छन् ।

साथै बैबाहिक अङ्गीकृत नागरिकता लिनेको संख्या ७२ जना रहेका छन् ।