
सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एकै दिन दुई जना फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका-१० टाप्टिङका ३६ वर्षीय ग्याल्जेन शेर्पा र नेचासल्यान गाउँपालिका-३ का ३० वर्षीय यकराज राई रहेका छन् । दुवै जना फरार प्रतिवादीलाई लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक सूचना अधिकारी रामकिशोर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार शेर्पालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २०६८ साल माग २२ गते जिल्ला अदालत सोलुखुम्बुले एक वर्ष ११ महिना १० दिन कैद सजाय फैसला गरेको थियो । त्यस्तै, राईलाई पनि कर्तब्य ज्यान मुद्दामा नै २०७३ साल जेठ ३ गते दोषी ठहर गर्दै अदालतले ८ वर्ष कैद सजायको फैसला गरेको थियो ।
पक्राउ परेका दुवै जना अदालतको आदेश अनुुसार कारागार चलान भएका छन् ।
प्रतिक्रिया दिनुहोस्