१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सञ्चारमाध्यममाथि सेन्सरसीप लगाउन वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीको माग


0
Shares

पर्सा, जेठ ४ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सञ्चारमाध्यममाथि सेन्सरसीप लगाउन माग गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष मेयर सरावगीले प्रेसमाथि सेन्सरसीप लगाउन माग गरेका हुन् ।

पछिल्लो समयमा दिनैपिच्छे स्थानीय रेडियो तथा सञ्चारमाध्यममा धाउदै हिडेका नगरप्रमुख सरावगीले प्रेसमाथि सेन्सरसीप लगाएर कार्यवाही गर्न मुख्यमन्त्री समक्षसमक्ष माग गरेका हुन् ।

कारोना रोग नियन्त्रणबारे वीरगन्जको नगर सभागृहमा शनिबार भएको छलफलमा नगर प्रमुख सरावगीले आफ्नो विरोधमा समाचार लेख्ने पत्रकार र सञ्चार गृहलाई आवश्यक कारवाही गर्न माग पनि गरेका थिए ।

महानगरपालिकाको राहत सामग्री खरिद प्रक्रिया, कमसल राहत प्रकरणलगायतका बिषयमा सञ्चारमाध्यमले लेखेका थिए । शनिवारको कार्यक्रममा सरावगीले प्रेसमाथि अंकुश लगाउने प्रस्ताव औपचारिक कार्यक्रममा सार्वजनिक रुपमै राखेका हुन् ।

नगरप्रमुख सरावगीले प्रदेश २ भरी प्रेसमाथि सेन्सरसीप लगाउन अनुरोध भनेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका मुख्यमन्त्री राउतले भने मेयरको माग विपरित मुलुक संकटमा परेका बेला प्रेसले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।