
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ लाप्टाङ्गमा आज (शुक्रबार) बिहान पहिरोले २ वटा घर पुर्दा २ जना घाइते भएका छन् ।
साथै ७० लाख बराबरको क्षति समेत भएको प्रहरीले जनाएकाे हाे । पहिरोले स्थानीय तिलक बहादुर कटुवालको घर पुर्दा तिलक बहादुर कटुवाल र उनकी छोरी मित्रमाया कटुवाल घाइते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
उपचारका लागि दुवै जनालाई विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएकाे छ । साथै सोही स्थानकी कोषमाया बुढाथोकीको घर समेत पहिरोले बगाएको छ ।
पहिरोले कोषमायाको घरभित्र रहेको लता कपडा, खाद्यन, मोबाइल र सुनचाँदी नगदसहित करिब ४० लाख बराबरको क्षति भएको छ । तिलक बहादुर कटुवालको घर पुर्दा लता कपडा, खाद्यन, मोबाइल र सुनचाँदी नगदसहित करिब ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यल धनकुटाको संचार शाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्