१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आँधीखोला गाउँपालिकाद्वारा ५ कराेड ६४ लाखमा निर्मित भवनबाट सेवा सुरू


182
Shares

स्याङ्जा । आँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरू गरेको छ ।

५ करोड ६४ लाख ४२ हजार ८ सय ६२ रूपैयाँको लागतमा निर्माण सम्पन्न भवनमा कार्यपालिका र न्यायपालिकाको लागि १÷१ वटा सभाहलसहित ३४ वटा कोठा छन् ।

२०७६ जेठ १० मा देव एण्ड सायर/क्याराभान जे.भीसँग भवन निर्माण सम्झौता भएकोमा तोकिएको समयभन्दा ६ महिना ढिलोगरी निर्माण सम्पन्न भएको पालिकाका इन्जिनियर विशाल जिसीले जानकारी दिनुभयो ।

यसअघि पालिकाले कृषि तथा पशु सेवा केन्द्रका पुराना संरचनालाई मर्मत गर्दै प्रशासकीय सेवा दिँदै आएको थियो ।

सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहका लागि सहज हुने नवनिर्वाचित अध्यक्ष विश्व पौडेलले बताउनुभयो । पालिकावासीले अब सम्पूर्ण प्रशासकीय सेवा एउटै छानामुनि पाउन सक्ने उहाँले बताउनुभयो ।