
सिन्धुली । विगत एक हप्तादेखि मजदुरको हडतालले बन्द रहेको राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणको काम सुचारु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धु्लीमा भएको सर्वपक्षीय बैठकमा मजदुरहरुको सेवा सुविधा वृद्धि गराउन आयोजना निर्माणको चिनियाँ ठेकेदार पक्ष सहमत भएपछि मजदुर काममा फर्किएका हुन् ।
सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाईभर्सन निर्माणको कार्यलाई छिटो सम्पन्न गनर्न आगामी दिनमा बन्द हडताल र आन्दोलन हुन नदिन सिन्धुली जिल्लास्तरमा सुनकोसी मरिण डाईभर्सन सहयोग समिति पनि निर्माण गरिएको छ । यसअघि मजदुरले सेवा सुविधा वृद्धि लगायतका विभिन्न माग राखि गरेको आन्दोलनले अवरुद्ध रहेको आयोजनाको काम अघि बढ्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्