१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालले केन्यासँग टी-ट्वान्टी सिरिज खेल्ने


1.56k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ ।

नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो । यस्तै, नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्ने छ ।

सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्या जानेछ । केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो ।

एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।