१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाज परिवर्तन गर्न सक्ने चलचित्र निर्माण गर्न जरुरी छ : मन्त्री श्रेष्ठ


65
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार २२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताउनुभयो । उहाँले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

उहाँले समाजमा भइरहेका घटनाहरुलाई समेटेर समाजक परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताउनुभयो । उहाँले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले माईतीघर भन्ने स्थानमा नेपाली चलचित्र माईतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरुले माईतीघर बोलाउन थालेसँगै पछि माईतीघर नै नामाकरण भएको बताउनुभयो ।