
पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ ।
विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले प्रतियोगिताको मिति सार्न माग गरेको हो ।
पोखरामा आज पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दसैं तिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मितिसार्न आग्रह गरिएको बताउनुभयो ।
संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनै पनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्