
काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–५ सानी अमराईमा शुक्रबार साँझ जीप र अटो रिक्सा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
कालीगण्डकीको करिडोरमा कालीआँपबाट बेझाडतर्फ जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो रिक्सा आपसमा जुध्दा रिक्सा चालक रामपुर बस्ने पाल्पाकै निस्दी गाउँपालिका-२ का ४५ वर्षीय चोक बहादुर ढेंगाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन सहित जिप चालकलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्