
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताउनुभएको छ ।
मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिवी, अभाव र अनिकालका समस्या समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिले प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरूलाई निराश नहुन आग्रह गर्नुभयो ।
मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरूको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्