
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आणविक हतियारको तीव्र विस्तार मानवताका लागि राइफल भरिएको बन्दुक भएको बताउनुभएको छ ।
विश्वभर आणविक हतियार विस्तार हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले हतियार मोहले मानवता पराजित हुँदै गएको टिप्पणी गर्नुभयो ।
पहिलो आणविक बम आक्रमणको ७७ औं वार्षिकोत्सवमा जापानी सहर हिरोशिमामा आयोजित कार्यक्रममा महासचिव गुटेर्रेसले गम्भीर आणविक शक्तिको साथ संकट द्रूत रूपमा फैलिरहेको बताउनुभयो ।
युक्रेन, मध्य पूर्व र कोरियाली प्रायद्वीपमा संकटबाट उत्पन्न जोखिम बारे चेतावनी दिँदै उहाँले पछिल्लो घटनाक्रमले तेस्रो आणविक बम बिस्फोटको डर बढेको उल्लेख गर्नुभयो ।
फेबु्रअरीमा युक्रेन विरुद्धको युद्ध सुरु भएदेखि नै रुसले आणविक आक्रमणको धम्की दिएपछि डर बढेको उहाँको भनाइ छ । अमेरिकाले अगस्ट ६, १९४५ मा हिरोसिमामा विश्वको पहिलो आणविक बम खसालेर शहर ध्वस्त पारेको थियो ।
आक्रमणमा १ लाख ४० हजार मानिसको ज्यान गएको थियो । त्यसको तीन दिनपछि नागासाकीमा दोस्रो आणविक बम खसाल्दा ७० हजार बढी मानिस मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्