२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनकोशी नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा ‘हाई अलर्ट’ जारी


117
Shares

सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीकाे तटीय क्षेत्रमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासन तथा स्थानीय निकायले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई लक्षितगरि ‘हाई अलर्ट’ जारी गरेकाे छ ।

सिन्धुपाल्चोकको घुम्थाङ, धाप, नाकाते, र आसपासमा ठूलो वर्षासँगै मेलम्ची लगायतका नदीहरुमा पानीकाे बहाव बढेसँगै सिन्धुलीकाे सुनकोशी नदीमा बाढी बढेपछि उच्च शतर्कता अपनाईएको हो । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षासँगै सुनकोशी नदीनमा आइतबार पनि पानीको बहाव बढेको छ ।

साेही क्षेत्रमा पछिल्लो समय ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सुनकोशी नदी तटीय तथा र अन्य साना खोलामा आकस्मिक बाढी आउने सूचना दिएको छ ।

सरकारी बाढी पूर्वानुमान महाशाखाले बाढी पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च शतर्कता अपनाउन सुनकोशी नदी तटीय क्षेत्रका बासीन्दालाई आग्रह समेत गरेको छ । स्थानीय प्रशासन तथा स्थानीय निकायले सिन्धुली जिल्लाको खुर्कोट, नेपालथोक लगायतका क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई शतर्क रहन निर्देशन समेत दिएको छ ।