
गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्रक चालक गुल्मी दरवार निवासी अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज बिहान रेसुङ्गा नगरपालिका–१० मा सिमिचौरबाट तम्घासको देउराली तर्फ जाँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिव १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्