
काठमाडौं । विराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा शनिबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भिर घाइते भएका स्थानीय ३० वर्षीय राजु मुखियाको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाइते भएका थिए ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्