
काठमाडौं । तनहुँमा ७ हजार ५४ नयाँ मतदाता थपिएका छन् ।
स्थानीय तहको निर्वाचनपछि तनहुँमा गरिएको मतदाता नामावली सङ्कलनबाट उक्त संख्यामा मतदाता थपिएका हुन् । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै गत शुक्रबारदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता दर्ताको अन्तिम दिनसम्म ३ हजार ४ सय १२ महिला र ३ हजार ६ सय ४२ पुरुष थपिएका छन् । जिल्लामा अहिलेसम्म २ लाख ४४ हजार ३ सय ४० मतदाता पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्