१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेश प्रदेशले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने


208
Shares

काठमाडौं । संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोनलमा उत्रिने भएको छ ।

आइतबार मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई शान्तिपूर्ण आन्दोलनको चेतावनीसहित ज्ञापनपत्र बझाएको हो ।

सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ । संघीय सरकारलाई गरिएको पटक पटकको आग्रह बेवास्ता गरेको भन्दै मधेश प्रदेश सरकारले संघर्षमा उत्रने चेतावनी दिएको हो ।