२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुनसरीमा लिम्बु पुस्तकालय स्थापना


806
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा लिम्बु पुस्तकालयको स्थापना गरिएको छ ।

लिम्बु विद्यार्थी मञ्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो ।

आइतबार गरिएको एक कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पुस्तकालयको उदघाटन गर्नुभएको हो । उहाँले सबैलाई पुस्तकालयमा आएर अध्ययन गर्न पनि आग्रह गर्नुभयो ।

पुस्तकालयमा लिम्बु इतिहाससँगै मुलुकको इतिहासबारे लेखिएका एक हजार भन्दा बढी पुस्तकहरु राखिएका छन् ।