३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


१० अंकले बढ्यो शेयर बजार, कारोबार खुम्चियो


91
Shares

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा आइतबार सामान्य सुधार आएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर २१ सय २३ कायम भयो । अधिकांश समूहमा हरियाली छाउँदा होटल तथा पर्यटन समुहमा सबैभन्दा उच्च ६० अंकको वृद्धि आयो । जीवन बीमा समूह नगन्य अंकले रातो रहे बाहेक अरु समूह हरियो रहेका हुन् । विकास बैंक, लघुवित्त, व्यापार, जलविद्युत, वित्त र अन्य समूह पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ६१ लाख बढी कित्ता शेयर जम्मा २ अर्ब ६७ करोड बराबरमा खरीदविक्री भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय १८ कम्पनीको शेयरमूल्य बढ्दा ५९ कम्पनीको शेयरमूल्य घटेको पनि नेप्सेले जनाएको छ ।

आइतबार मनकामना स्मार्ट लघुवित्तको सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावर र उपकार लघुवित्तको शेयर मूल्य पनि ९ प्रतिशतले बढ्यो । नयाँ सारथी लघुवित्त, सामलिङ् पावर, ग्रामिण विकास लघुवित्तलगायतको शेयर मूल्य ३ प्रतिशतले घटेको छ । यस दिन कारोबार रकमको आधारमा शिवम सिमेन्टको सर्वाधिक १३ करोड माथिको कारोबार भएको एक्सचेन्जले जनाएको छ ।