१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन


1.144k
Shares


एजेन्सी । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रर्दशन हिंसात्मक बन्दै गएको छ ।

पेट्रोल र डिजेलमा भारी मात्रामा मूल्यवृद्धि गरिएको भन्दै राजधानी ढाका लगायत अन्य शहरहरूमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

हजारौंको संख्यामा सडकमा उत्रेका प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा टायर बाल्नुका साथै सार्वजनिक सम्पत्तीमा समेत आगजनी गरेपछि प्रहरीले धरपकड गरेको हो ।

प्रदर्शनकारीहरूले मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । बंगलादेश सरकारले गत शुक्रबार पेट्रोलमा ५१ प्रतिशत र डिजलको मूल्य ४२ प्रतिशतले वृद्धि गरेको थियो ।

स्थिति नियन्यत्रण बाहिर गएपछि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।