
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गर्नुभएको छ ।
डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उहाँले बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको टिप्पणी गर्नुभयो । एक्लै चुनावमा जाँदा गठबन्धनका सबै दल डुब्ने डरका कारण एक अर्काको फेरो समातेर चुनावमा जान लागेको अध्यक्ष ओलीले बताउनुभयो ।
गएको निर्वाचनमा माओवादी केन्द्रलाई एमालेले डुब्नबाट बचाएको भन्दै उहाँले अहिले उक्त पार्टी आफूलाई नेपाली कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको बताउनुभयो ।
एमालेविरुद्ध कम्युनिष्ट, विकास र राष्ट्रियता विरोधी एक ठाउँ आइपुगेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन एमालेलाई रोक्न बनेको तर्क गर्नुभयो । एमाले लोकप्रिय भएर अरुको अस्तित्व संकटमा परेपछि अनेक आरोप लगाइएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्