१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पर्वतमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु, १२ घाइते


1.118k
Shares

पर्वत । पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ ।

विद्युत सर्ट भएर करेन्ट लाग्दा १२ जना घाइते भएका हुन् । विद्युत सर्ट भएर करेन्ट लागेर धारापानीकी ५० वर्षीय सिता क्षेत्रीको मृत्यु भएको मिलनचोक प्रहरी चौकीका ईन्चार्ज मुक्ति खड्काले जानकारी दिनुभयो । घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको हाे ।

हाईभोल्टेज लाइनका कारण गाउँका करिब २ सय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुडिएर स्थानीय प्रताप आचार्यकाे बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा समेत मरेका छन् । विद्युत कार्यालयको लारबाहीका कारण दुःखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

यता नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताउनुभएको छ । आज साेमबार बिहान विद्युत समस्या समाधानका लागि केही स्थानहरुमा रुख हटाउने क्रममा फलामे पोलबाट एलटि लाइनमा विद्युत लिकेज भएको हुनसक्ने प्रमुख गोशेलीको अनुमान छ ।