२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


आफू मन्त्री हुँदा पूँजीगत खर्चमा प्रगति गरेकाे झाँक्रीकाे दावी

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन

130
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पूँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दावी गर्नुभएको छ ।

आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री हुँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पूँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दावी गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्यनको विषयमा योजना बनाएर काम गरेको बताउनुभयो ।

उहाँले शहरी विकासमन्त्री हुँदा विकास निर्माण सम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने र आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताउनुभयो । उहाँले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताउनुभयो । झाँक्रीले नीतिगत तहमा अनियमिता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘साना आयोजना समयमा नै नसकिनुको कारण उपभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक पटक भनेको छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौं भनेर त्यो काम रोक्यौं । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्यो । त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजानाको लागि मंसिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालय स्तरको बैठक समेत बस्यौं । आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता र आयोजनाले पार्ने प्रभाव समेत विश्लेषण गर्नुपर्छ । अन्य विकासे मन्त्रालयको भन्दा राम्रो प्रगति गरेँ । त्यसकोपछि शहरी मन्त्रालयले योजनामा काम गरेको थियो । धेरै विकास निर्माणको काम गर्न रहेका धेरै हड्लसहरुलाई किनारा गरेका थियौं । अनियमिता रोक्ने प्रयास गरेँ, यस्ता झन्डै दुई दर्जन समिति बनाएको रहेछु । दुई दर्जन प्रतिवेदन नै छन् । प्रतिवेदनमा प्रमुख प्राथमिकताका विषयहरुकै प्रतिवेदन आएका छन् । त्यसरी नै विकास नीतिहरुलाई परिर्वतन गर्न धेरै काम गरेका थियौं ।’

उहाँले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनुभयो । सचिव झाँक्रीले आफू मन्त्री हुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरु सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको बताउनुभयो ।