१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालमा सुधार आवश्यक’


39
Shares

काठमाडौं । नेकपा (एमाले)की सांसद दिलकुमारी रावल थापाले निर्वाचन सम्बन्धी कानून संशोधन गर्न माग गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद थापा निर्वाचन प्रणाली महंगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्नुपर्ने बताउनुभयो ।

संसद जारी रहेको उल्लेख गर्दै चालु संसदबाटै फास्टट्रयाकमा कानून संशोधन गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो ।

सांसद थापाले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागू गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । भयरहित रूपमा निर्वाचन सम्पन्न गराउने गरी प्रवन्ध मिलाउन उहाँले आयोगको ध्यानाकर्षण गराउनुभयो ।

सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गर्नुभयो ।