
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले निर्माण गरेको अवैधानिक संरचना हटाउन निर्देशन दिएको छ ।
सोमबार अस्पताललाई पत्र लेख्दै महानगरले भाडामा लिएको जग्गाभन्दा पश्चिमतर्फ निर्माण भएको क्यान्टिन भवन लगायतका संरचनाहरू सरकारसँग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएकाले २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो ।
अवैधानिक रूपमा निर्माण भएको संरचना २४ घण्टाभित्र नहटाएर नियमानुसार कारबाही गरिनेसमेत विभागीय प्रमुख सुरज शाक्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्