१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट, गुराँस र हिमालका लगानीकर्ता मालामाल


377
Shares

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार शेयर बजार परिसूचक नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ३.४४ अंकले घटेर ४०६.११ विन्दुमा आइपुगेको छ ।

बजार घटेपछि कारोबार रकममा भने खासै अन्तर देखिएको छैन । यसदिन २१४ कम्पनीका ६५ लाख २७ हजार ४ सय १४ कित्ता शेयर २ अर्ब ८५ करोड ७० लाख रुपैयाँमा किनबेच भएको छ ।

सोमबार १३ मध्ये २ उपसूचक हरियाली छाउँदा बाँकी सबै राताम्मे भएका छन् । म्युचल फण्ड र उत्पादन तथा प्रशोधन समूह सामान्य बढ्दा सबैभन्दा बढी अन्य समूह २.४२ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन १.६१, विकास बैंक १.३५ र लगानी समूह १.३८ प्रतिशतले आरोला लागेको छ ।

यसदिन शिवम् सिमेन्टको कारोबार सबैभन्दा बढी २० करोड ७१ लाख ६८ हजारको हुँदा दोस्रो स्थानमा नबिल बैंकको शेयर १० करोड ८५ लाख ३१ हजारको कारोबार भयो । गुराँस लघुवित्त र हिमाल हाइड्रोपावरका लगानीकर्ताले सोमबार १० प्रतिशतले कमाएका छन् ।