१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नातिनीका लागि दूध लिन निस्केका बृद्धको प्रहरीले लाठी प्रहार गर्दा भाँचियो खुट्टा


0
Shares

पर्सा, जेठ ५ । लकडाउनका समयमा पर्सामा नातिनीका लागि दूध लिन गएका एक वृद्धको प्रहरीले लाठी प्रहार गरेर खुट्टा भाँचिदिएको छ ।

सरकारले लगाएको लकडाउनका समयमा बाहिर निस्केको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ६७ वर्षीय नागेन्द्र पटेललाई लाठी प्रहार गर्दा उनको खुट्टा भाँचिएको हो ।

आइतबार बिहान नातिनीको लागि दूध लिन घरबाट पसल जाँदै गर्दा वीरगञ्ज बसपार्कनजिक प्रहरीले आफूलाई कुटेको उनले बताए । लाठी प्रहारबाट दाहिने खुट्टा भाँचिएको नेपाल दुरसञ्चार कम्पनीबाट सेवानिवृत्त उनले जानकारी दिए ।

पसल जाँदै गरेका वृद्धलाई प्रहरीले रोक्दै कता जान लागेको भनेर सोधेको र उनले नातिनीहरुलाई दूध लिन जान लागेको जवाफ दिएको तर प्रहरीले जान नपाइने भनेपछि फर्कदै गर्दा पछाडीबाट प्रहरीले लाठी हान्दा खुट्टा भाँचिएको पटेलले बताए ।

उनलाई नेशनल मेडिकल कलेजमा खुट्टाको प्लाष्टर गराइएको छ । बसपार्कका प्रहरीले भने आफूहरुको टिमबाट त्यस्तो नगरिएको बरु त्यस क्षेत्रमा टाईगर टोली पनि परिचालित भएकाले उनीहरुबाट कुटपिट भएको हुनसक्ने जवाफ दिएका छन् ।

पर्सा प्रहरी प्रवक्ता वीरेन्द्रबहादुर शाहीले समाचार पढेपछि घटनाबारे थाहा पाएको तर कतै उजुरी नपरेकाले बुझिरहेको प्रतिक्रिया दिएका छन् ।