
काठमाडौं । पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता कम्पनी मंगलम् इन्डस्ट्रिजका डिलरहरूले हालै कारखानाको अवलोकन गरेका छन् ।
डिलरका सदस्यहरूले कम्पनीको रुपन्देहीको ढक्दैस्थित कारखाना अवलोकन गरेका हुन् ।
कम्पनीले विभिन्न चरणमा गरेर काठमाडौं, पोखरा र चितवनका डिलरका सदस्यहरूलाई अवलोकन गराएको जनाएको छ ।
उद्योगमा भएका अत्याधुनिक उपकरण र उत्पादन प्रक्रियाबारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्