
ओखलढुंगा । ओखलढुंगाको यातायात व्यवस्था कार्यालय रुम्जाटारले नयाँ लाइसेन्स वितरण नगर्दा सेवाग्राहीलाई समस्या भएको छ ।
यातायात कार्यालय स्थापना भएको डेढ वर्ष बितिसक्दा समेत कार्यालयले नयाँ लाइसेन्स वितरण सुरु गरेको छैन् । माथिल्लो सगरमाथाका पहाडी जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लालाई लक्षित गरेर कार्यालय स्थापना गरिएपनि सवारी दर्ता, नामसारी, नवीकरण, जाँचापास, बाटो इजाजात पत्र, पटके र पञ्जीकरण लगायतका सेवा मात्रै कार्यालयले दिदै आएको छ।
कार्यालयले नयाँ लाइसेन्स वितरण नगर्दा गाईघाट, लाहान र इटहरी लगाएतका ठाउँमा धाएर सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही थगेन्द्रराज राईले बताउनुभयो । नयाँ लाइसेन्स वितरणका लागि सम्पूर्ण प्रक्रिया पूरा भएपनि प्रदेश-१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी नगर्नु भन्ने आदेश दिएपछि रोकिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
नयाँ लाइसेन्स वितरणका लागि माथिल्ला निकायमा पटक-पटक ताकेता गरेपनि हालसम्म कुनै आदेश नआएको यातायात कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्