
काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।
पूर्वपश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा रोकिराखेको कन्टेनरभित्र अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।
चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको चालकसँगैको सिटमा शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्