२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अहिलेको निर्वाचन प्रणालीमा समस्या छ : सांसद पहाडी


78
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताउनुभएको हो ।

उहाँले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको बताउनुभयो ।

सांसद पहाडीले अहिले सांसदहरुमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गर्नुभयो । उहाँले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जानसकेमात्रै प्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने बताउनुभयो ।

उहाँले यो निर्वाचन प्रणालीले कुनैपनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहीत गरिरहेको बताउनुभयो ।