
काठमाडौं । २८औं विश्व आदिवासी जनजाती दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरूले संयुक्त रूपमा विश्व आदिवासी दिवस मनाइरहेका छन् ।
लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रूपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चितताका लागि राज्यलाई दवाव दिइने अधिकारकर्मीहरूले बताएका छन् ।
उनीहरूले आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलन गरे पनि अधिकार सुनश्चित नभएकाले आफ्ना मागहरु राज्यलाई सुनाउन चाहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघले सन् १९९४ मा हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्