६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आदिवासीको भाषा, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व : प्रधानमन्त्री देउवा


26
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

मंगलबार नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भिर रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको हक, हीतको संरक्षण तथा संवद्र्धनका लागि आफू सधै प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।