१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो’: प्रधानमन्त्री ओली, कुर्सीमा बसेर सम्बोधन गर्दै


0
Shares

काठमाडौं, जेठ ६ । प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो भएपछि कुर्सीमा बसेर सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कुर्सीमा बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइएको हो ।

उभिएर बोल्न गाह्रो भएपछि प्रधानमन्त्री ओली भने, ‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो । स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’

प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्नि सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए ।

रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीले समस्या भएको जनाएपछि कुर्सीको व्यवस्था गरिएको हो । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।