१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केन्या सिरिजका लागि क्यानद्वारा २० सदस्यीय टोली घोषणा, ज्ञानेन्द्र मल्ल भित्रिए


520
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँगको तीन एकदिवसीय र पाँच टी–ट्वान्टी सिरिजका लागि २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

क्यानले बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप लामिछानेको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा लामो समयपछि ज्ञानेन्द्र मल्ल भित्रिएका छन् ।

लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सराफ, साहब आलम, किशोर महतो र विवेक यादव छन् ।

जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाहलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको छ ।

नेपाल र केन्याबीच २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामा सिरिज हुनेछ । २५ अगस्टदेखि हुने टी–ट्वान्टी सिरिज ३ अगस्टमा सकिनेछ । त्यसपछि पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।

नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।