१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आइएमई पे’बाट शेयर बिक्री रकम भुक्तानी गर्न सकिने


156
Shares

काठमाडौं । आइएमई पेबाट शेयर बिक्री रकम भुक्तानी गर्न सकिने भएको छ ।

शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरे बापतगर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने जनाइएको हो ।

हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले जनाएको छ । भुक्तानी सेवाप्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजीटाइज गर्न थप टेवापुग्ने कम्पनीको दाबी छ ।