१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अभिनेता दग्गुबातीले ब्रेक लिने भन्दै किन गरे इन्स्टाग्रामका सबै पोस्ट डिलिट ?


221
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता राणा दग्गुबातीले हालै सामाजिक सञ्जालबाट ब्रेक लिने भन्दै आफ्नो इन्स्टाग्राममा भएका सबै पोस्ट डिलिट गरेका छन् ।

उनको यो कदमले उनका सबै फ्यानहरु अचम्ममित परेका छन् । आखिर राणाले किन डिलिट गरे इन्स्टाग्रामबाट सबै पोस्ट भन्ने बारे अझै स्पष्ट भएको छैन् । तर, केही दिनअघि राणाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा पक्कै पनि गरेका थिए । राणाले इन्स्टाग्राममा ३ सय ७० जनालाई फलो गरेका छन् । साथै उनका ४ मिलियन भन्दा बढी फलोअर्स समेत रहेका छन् ।

अभिनेता राणाले कोनिक इन्स्टिच्युट अफ इमेजिङ एन्ड टेक्नोलोजीबाट फोटोग्राफीको कोर्स समेत गरेका छन् । आफ्नो पढाई पूरा गरेपछि उनले हैदराबादमा आफ्नो बुबाको प्रोडक्सन हाउसलाई सम्हाल्न थालेका थिए । उनले २०१० को राजनीतिक थ्रिलर फिल्म ‘लिडर’ बाट आफ्नो फिल्मी करियर सुरू गरेका थिए ।

यसपछि उनले धेरै तमिल फिल्ममा काम गर्दै आएका छन् । तर उनको वास्तविक पहिचान फिल्म ‘बाहुबली’बाट भएकाे थियो। यस फिल्ममा उनले खलनायक भल्लालदेवको भूमिका समेत निर्वाह गरेका थिए । अभिनेता राणा पछिल्लो पटक तेलुगु रोमान्टिक ड्रामा फिल्म ‘विराटपर्वम’ मा देखिएका थिए । यस ‘विराटपर्वम’ फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको थिएन ।