
काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी गरिएको दाबी गरेका छन् ।
संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले चीन सरकारका अधिकारीहरूसँग पनि कुराकानी भएको बताएका हुन् ।
चीन सरकारका अधिकारीले यस सम्बन्धमा परम्परागत तीर्थयात्रा ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्न वा त्रिदेशीयबिन्दुमा कुनै असर गर्दैन भनेका छन्’ उनले भने ।
प्रधानमन्त्ती ओलीले संसदमा भने, ‘हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नुभएको छ । चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत हिसाबले एउटा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्नमा, त्रिदेशीय बिन्दुमा कुनै असर गर्दैन । यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ । यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ । हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ । त्यसकारण यसम्बन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं कुरा गरेका छौं ।’
प्रतिक्रिया दिनुहोस्