१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा एकै परिवारका ३ जना रूखमा झुण्डिएकाे अवस्थामा मृत फेला


1.742k
Shares

बझाङ । बझाङ बुंगल नगरपालिका वडा नम्बर ९ मा बझाङमा एकै परिवारका ३ जना रूखमा झुण्डिएकाे अवस्थामा मृत फेला परेका छन् ।

मृत तीनै जना आमा, छोरा र छोरी भएकाे प्रहरीले जनाएकाे छ । बुंगल नगरपालिका वडा नम्बर ९ को रारू भन्ने ठाँउकी २२ वर्षीय गीता पार्की उनका ३ वर्षीय छोरा भुपेन्द्र पार्की र ५ वर्षीय छोरी रूखमा झुण्डिएकाे अवस्थामा फेला परेको वडा नम्बर ९ का वडा अध्यक्ष हरिश सिंहले बताउनुभएकाे हाे ।

मंगलबार राति १२ बजे उनका श्रीमान पुष्कर पार्की भारतबाट घर पुगेको र बिहान छोरा, छोरी र श्रीमती रूखमा पासो लगाएर मृत अवस्थामा फेला परेका उहाँले बताउनुभयाे ।

याे घटना रहस्यमय भएका कारण जिल्ला प्रहरी कार्यालय बझाङबाट घटनास्थलतर्फ प्रहरीको टोली खटिगएको छ । मृतक ५ वर्षीय बालिकाको नाम भने खुल्न सकेको छैन् । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।