
काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले नेपालले कहिल्यै गुलामी नस्वीकारेको र कसैको उक्साहट पनि नचल्ने प्रष्ट गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भारतीय सेना प्रमुख मनोजमुकुन्द नरभानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट र दबाबमा नचल्ने जवाफ फर्काएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेको स्मरण गराउँदै लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताएका हुन् ।
यसअघि भारतीय प्रधानसेनापति नरभानेले चीनलाई संकेत गर्दै कालापानी क्षेत्रमा भारतले बनाएको सडकको विरोध अरुकै निर्देशनमा नेपालले गरेको आरोप लगाएका थिए ।
नरभानेले लगाएको आरोपबारे सांसदहरुले सरकारको औपचारिक धारणा मागेपछि प्रधानमन्त्रीले यो जवाफ दिँदै भने, ‘म सबैले बुझ्ने भाषामा भन्न चाहन्छु । हामी समान सार्वभौमसत्तामा विश्वास गर्छौं । कसैको दबाब/उक्साहट र निर्देशनमा चल्दैनौं ।’
प्रतिक्रिया दिनुहोस्