१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्रीका कारण प्रदेशको नाम राख्न सकिएन : शेरधन राई


11.154k
Shares

धनकुटा । प्रदेश नम्बर १ का पूर्व मूख्यमन्त्री शेरधन राईले वर्तमान मुख्य मन्त्रीका कारण प्रदेशको नामाकरण गर्न नसकिएको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले)ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षक कार्यक्रममा धनकुटा पुगेका पूर्वमूख्यमन्त्री राईले बुधबार पत्रकारहरूसँग कुरा गर्दै वर्तमान मुख्यमन्त्री राजेन्द्र राईका कारण नामाकरण हुन नसकेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री राईले सार्वभौम प्रदेशसभाको क्षेत्राधिकारलाई कुण्ठित गर्दै आफूले भनेअनुसार नभए प्रदेशसभा बन्द गर्ने र भङ्ग गर्नेजस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएकाले नामाकरणमा समस्या भएको उहाँको भनाइ छ ।

साथै राईले आफूले मुख्यमन्त्री भएको बेला नाम राख्न प्रयास गरे पनि तत्कालिन अवस्थामा पार्टीभित्र र बाहिर रहेका अन्य दलले सहयोग नगरेको दाबी गर्नुभयो । आफू र आफ्नो दलले प्रदेशको नामाकरणको लागि गरिरहेको उहाँको भनाइ छ ।