२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वन ऐन संशोधन आवश्यक : सचिव कँडेल


65
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले अहिलेको वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग धान्न नसक्ने बताउनुभयो ।

उहाँले वातावरण ऐन र वन ऐनले राष्ट्रिय गौरवका आयोजना नचिन्ने बताउनुभयो । धेरै ठाउँका सडक स्तरोन्नती गर्नुपर्ने भएकोले एआइए गर्दा धेरै कठिन हुने भन्दै आइई मात्रै गर्दा हुने गरेर अनुसूचीमा परिवर्तन गर्न लागेको बताउनुभयो । उहाँले एक हप्ताभित्र नै अनुसूची संशोधन गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने बताउनुभयो ।

सचिव कँडेलले वन तथा वातावरण मन्त्रालय भित्रका कानूनहरु बनाउँदा धेरै छलफल र विश्लेषण गरेर मात्रै बनाउनुपर्ने बताउनुभयो । हतारमा कानून निर्माण गर्दा त्यसको प्रभावकारिता लामो समयपछि नदेखिने बताउनुभयो ।

सचिव कँडेलले राष्ट्रिय गौरवका आयोजना गर्दा सजिलै वन क्षेत्र उपलब्ध गराउने व्यवस्था कानूनमा ल्याउनुपर्ने र यसबारेमा मन्त्रालयले काम गरिरहेको बताउनु भयो । उहाँले वातावरण अध्ययनको प्रभावकारिता धेरै देखिन नसकेको बताउनुभयो ।