२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आमासहित दुई छोराछोरी मृत फेला


2.041k
Shares

बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ मा तीन जना मृत फेला परेका छन् ।

वडा नम्बर ९ को रारुकी २२ वर्षिया गीता पार्कीसहित उनका ३ वर्षिया छोरा भुपेन्द्र पार्की र ५ वर्षिया छोरी रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष हरिश सिंहले बताउनुभयो ।

गयराति उनका श्रीमान पुष्कर पार्की भारतबाट घर पुगेसँगै बिहान छोरा, छोरी र श्रीमती रूखमा पासो लगाएर मृत अवस्थामा फेला परेका वडा अध्यक्ष सिंहले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।