२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एन्फा कार्यसमितिको बैठक बिहीबार बस्दै


52
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।

यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । साउन २ गते बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, साउन ५ गते बालाएको बैठक एजेण्डामा प्रवेशै नगरी स्थगित भएको थियो ।

पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ । असार ६ गते भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन लगत्तै आफ्नै सहर्की असन्तुष्ट हुँदा नेम्वाङ विवादित बन्दै आएका छन् ।

निर्वाचनमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाण्डेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् । पाण्डेबाट बढी दबाब खेप्दै आएपछि नेम्वाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाण्डे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाण्डेको बर्खास्तीको माग गरेको छ ।

जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख पाण्डेको बर्खास्ती माग गरेका छन् । बिहीबारको बैठकमा २२ एजेन्डा रहेका छन् ।